2देवताहरूका परमेश्वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
3प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
4उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्चर्य कामहरू गर्नुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
5उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
6उहाँलाई धन्यवाद देओ जसले पृथ्वीलाई पानीहरूमाथि फैलाउनुभयो किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
7उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
8उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
9रातमा राज्य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
10उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
11र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
12शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
13उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।