1परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
2देवताहरूका परमेश्वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
3प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
4उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्चर्य कामहरू गर्नुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।