1हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्टहरू याद गर्नुहोस् ।
2तिनले कसरी परमप्रभुमा शपथ खाए, याकूबका सर्वशक्तिमान्सँग तिनले कसरी भाकल गरे सो सम्झनुहोस् ।
3तिनले भने, “म मेरो घरभित्र पस्नेछैनँ वा मेरो ओछ्यानमा जानेछैन,
4म आफ्ना आँखालाई सुत्न दिनेछैन न त आफ्ना पलकहरूलाई विश्राम दिनेछु,
5जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
6हेर्नुहोस्, हामीले यसबारे एप्रातामा सुन्यौ । हामीले यसलाई याआरको मैदनमा भेट्टायौं ।
7हामी परमेश्वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।
8हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्नुहोस् ।