Text copied!
CopyCompare
पवित्र बाइबल - न्यायकर्ताहरू - न्यायकर्ताहरू 3

न्यायकर्ताहरू 3:20-28

Help us?
Click on verse(s) to share them!
20एहूद तिनीकहाँ आए । राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए । एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश छ ।” राजा आफ्नो ठाउँबाट उठे ।
21एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए ।
22त्यो तरवार बींडसितै छिर्‍यो । उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन् ।
23त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए ।
24एहूद गइसकेपछि, राजाका सेवकहरू आए । तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे । यसैले तिनीहरूले विचार गरे, “पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला ।”
25राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो । यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे ।
26अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे ।
27जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे ।
28उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्‍नुभएको छ ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन् ।

Read न्यायकर्ताहरू 3न्यायकर्ताहरू 3
Compare न्यायकर्ताहरू 3:20-28न्यायकर्ताहरू 3:20-28