Text copied!
CopyCompare
पवित्र बाइबल - उत्पत्ति

उत्पत्ति 5

Help us?
Click on verse(s) to share them!
1आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।
2उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।
3आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
7तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
8शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
12केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
13तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
14केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
15महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
16तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।

19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
20येरेद ९६२ बाँचे र तिनी मरे ।
21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।
23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
24हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो ।
25मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
26तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
29तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”
30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।