18यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने, त्यो स्वीकारिने छैन, न त त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने छ । यो अति घृणित कुरो हो, र यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने छ ।
19कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् ।
20तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ।
21यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ।’”
22अनि परमप्रभु यसो भनेर मोशासँग बोल्नुभयो,
23“इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘तिमीहरूले कुनै गोरु, वा भेडा वा बोकोको बोसो नखानू ।
24बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो, वा वन-पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ, तर निश्चय नै त्यो नखानू ।
25परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ।
26तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू ।
27जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ’ ।”
28परमप्रभु मोशासँग यसरी बोल्नुभयो,