6आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्नता नदेखाओस् । म परमप्रभु हुँ ।
7आफ्नी आमासँग सुतेर आफ्ना बुबाको अनादार नगर्नू । त्यो तेरी आमा हो! तैँले त्यसलाई अनादर नगर् ।
8आफ्ना बुबाकी कुनै पत्नीसँग पनि नसुत् । त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर् ।
9आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् ।
10आफ्नो छोरा वा छोरीको छोरीसँग नसुत् । त्यो तेरो निम्ति शर्मको कुरा हो ।
11आफ्ना बुबाकी पत्नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्मेकी थिई । त्यो तेरो बहिनी हो, र तँ त्योसँग नसुत् ।
12आफ्ना बुबाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरो बुबाको नजिकको नातेदार हो ।
13आफ्नी आमाकी दिदी-बहिनीसँग नसुत् । त्यो तेरी आमाको नजिकको नातेदार हो ।
14आफ्ना बुबाको दाजु वा भाइकी पत्नीसँग सुतेर त्यसको अनादर नगर् । त्यस्तो कामको निम्ति त्यसको नजिक नजा, त्यो तेरी काकी हो ।
15आफ्नी बुहारीसँग नसुत् । त्यो तेरो छोरोकी पत्नी हो, त्योसँग नसुत् ।
16आफ्नो दाजु वा भाइकी पत्नीसँग नसुत् । यस्तो काम गरेर त्यसको अनादर नगर् ।
17कुनै स्त्री र त्यसकी छोरी दुवैसँग नसुत्, वा त्यसको छोराकी छोरीसँग वा त्यसकी छोरीकी छोरीसँग नसुत् । तिनीहरू त्यस स्त्रीका नजिकका नातेदार हुन् र तिनीहरूसँग सुत्नु दुष्टता हो ।
18आफ्नी पत्नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्नी जीवितै हुँदासम्म त्यसकी दिदी वा बहिनीसँग नसुत् ।
19कुनै स्त्रीको रजस्वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।
20आफ्नो छिमेकीकी पत्नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।
21आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।
22स्त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्नू । यो दुष्टता हो ।
23कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्त्री कुनै पशुसँग नसुत्नू । यो अस्वाभाविक दुराचरण हो ।