Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 15

लेवीहरू 15:12-19

Help us?
Click on verse(s) to share them!
12त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस्, र काठका भाँडा पानीले पखालियोस् ।
13त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ ।
14आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् ।
15पुजारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको रूपमा अर्पण गर्ने छ, र त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ ।
16यदि कुनै मानिसको वीर्यपात भयो भने, त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।
17वीर्य भएको सबै लुगा वा छाला पानीले धोइयोस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।
18यदि कुनै पुरुष र स्‍त्री सँगै सुते र त्यस स्‍त्रीभित्र वीर्य स्‍खलन भयो भने, तिनीहरू दुवै पानीले नुहाऊन् र तिनीहरू साँझसम्‍म अशुद्ध रहने छन् ।
19कुनै स्‍त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्‍म रहने छ, र त्यस स्‍त्रीलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुने छ ।

Read लेवीहरू 15लेवीहरू 15
Compare लेवीहरू 15:12-19लेवीहरू 15:12-19