Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 8

लुका 8:15-26

Help us?
Click on verse(s) to share them!
15तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
16अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन, बरु यसलाई उसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् ।
17किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन, न त कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने र ज्योतिमा आउन नसक्‍ने हुन्छ ।
18त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”
19त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
20र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन् ।”
21तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरा आमा र भाइहरू भनेका ती हुन्, जसले मेरो वचन सुन्छन् र पालना गर्छन् ।”
22अब ती दिनहरूमा एक दिन येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔँ ।” तब उहाँहरू डुङ्गामा चढ्नुभयो ।
23तर उहाँहरू यात्रामा हुनुहुँदा, प्रभु येशू निदाउनुभयो र त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू डरलाग्दो खतरामा थिए ।
24त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “प्रभु, प्रभु, हामी त मर्नै लाग्यौँ ।” उहाँ उठ्नुभयो, र बतासलाई हप्काउनुभयो, पानीको बेग थामियो र त्यहाँ सुनसान भयो ।
25अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ ?” डराएर तिनीहरू अचम्मित हुँदै एक-अर्कालाई भन्दै थिए “उहाँ को हुनुहुन्छ, जसले आँधी र पानीलाई हप्काउनुहुन्छ र तिनले उहाँको आज्ञा मान्छन् ?”
26उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।

Read लुका 8लुका 8
Compare लुका 8:15-26लुका 8:15-26