12फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
13फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”
14येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।
15तिमीहरू शरीरअनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिनँ ।