5त्यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर !”
6जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग !” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”
7यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्वरका पुत्र हुँ भनी दाबी गर्छ ।”
8जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,
9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।
10तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्ने शक्ति छ भन्ने के तिमीलाई थाहा छैन ?”