Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 4

प्रेरित 4:8-16

Help us?
Click on verse(s) to share them!
8अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,
9यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैँछ भने,
10तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।
11येशू ख्रीष्‍ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो ।
12अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
13जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे ।
14उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन् ।
15तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।
16उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ ।

Read प्रेरित 4प्रेरित 4
Compare प्रेरित 4:8-16प्रेरित 4:8-16