Text copied!
CopyCompare
पवित्र बाइबल - न्यायकर्ताहरू - न्यायकर्ताहरू 1

न्यायकर्ताहरू 1:3-12

Help us?
Click on verse(s) to share them!
3यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने, “हामीलाई दिइएको इलाकामा हामीसँग आओ, यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्‍न सक्‍छौं । त्‍यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौं ।” यसैले शिमियोनी कुल तिनीहरूसँग गए ।
4यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्‍जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे ।
5तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्‍जीहरूलाई परास्त गरे ।
6तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए ।
7अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्‍नो निम्ति भोजन बाटुल्‍थे । मैले जस्तो गरेको थिएँ, परमेश्‍वरले मलाई त्यस्तै गर्नुभएको छ ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे ।
8यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए ।
9त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए ।
10यहूदा हेब्रोनमा बस्‍ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे ।
11त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) ।
12कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्‍छ, त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।”

Read न्यायकर्ताहरू 1न्यायकर्ताहरू 1
Compare न्यायकर्ताहरू 1:3-12न्यायकर्ताहरू 1:3-12