Text copied!
CopyCompare
पवित्र बाइबल - न्यायकर्ताहरू - न्यायकर्ताहरू 1

न्यायकर्ताहरू 1:10-17

Help us?
Click on verse(s) to share them!
10यहूदा हेब्रोनमा बस्‍ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे ।
11त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) ।
12कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्‍छ, त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।”
13कालेबका भाइ कनजका छोरा, ओत्‍निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्‍नी हुनलाई दिए ।
14चाँडै नै अक्सा ओत्‍निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन् । तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्‍छु?”
15तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस् । तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस् ।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए ।
16मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्‍थानमा त्यहाँका मानिसहरूसँग बस्‍न गए, जुन नेगेवमा पर्छ ।
17यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए र तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे र त्यसलाई पूर्ण रूपमा नाश गरे । त्यस सहरको नाउँ होर्मा थियो ।

Read न्यायकर्ताहरू 1न्यायकर्ताहरू 1
Compare न्यायकर्ताहरू 1:10-17न्यायकर्ताहरू 1:10-17