Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 15

गन्ती 15:27-32

Help us?
Click on verse(s) to share them!
27यदि कुनै मानिसले अजानमा पाप गर्छ भने, त्यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ ।
28अजानमा पाप गर्ने व्यक्‍तिको निम्ति पुजारीले प्रायश्‍चित्त गर्नुपर्छ । प्रायश्‍चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ ।
29अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ ।
30तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्‍वर-निन्दा गर्छ । त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।
31किनभने त्यसले मेरो वचनलाई घृणा गरेको छ, त्यो व्यक्‍तिलाई पूर्ण रूपमा बिलकुलै बहिष्कार गर्नुपर्छ ।
32त्यसको पाप त्यसैमाथि पर्नेछ ।” इस्राएलका मानिसहरू मरुभूमिमा हुँदा तिनीहरूले शबाथ दिनमा दाउरा बटुलिरहेको मानिस भेट्टाए ।

Read गन्ती 15गन्ती 15
Compare गन्ती 15:27-32गन्ती 15:27-32