16स्वधर्मी नबन्; तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन् । तँ किन आफैलाई नष्ट गर्छस् ?
17ज्यादै दुष्ट र मूर्ख नबन् । तेरो समय आउनुअगि नै तँ किन मर्छस् ?
18यो बुद्धिलाई पक्रेर राख्नु र धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ । किनकि परमेश्वरको भय मान्ने मानिसले त्यसका सबै कर्तव्य पुरा गर्ने छ ।
19कुनै सहरमा भएको दस जना शासकभन्दा बुद्धिमान् मानिससित भएको बुद्धि शक्तिशाली हुन्छ ।
20पृथ्वीमा भलाइ गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस छैन ।
21बोलिएको हरेक वचनलाई नसुन्, किनकि त्यसो गर्दा तैँले तेरो नोकरको श्रापलाई पनि सुन्लास् ।
22त्यसै गरी, तेरो हृदयमा तैँले प्रायः धेरैलाई सरापेको छस् भनी तँलाई थाहा छ ।
23मैले बुद्धिले यी सबै प्रमाणित गरेको छु । मैले भनेँ, “म बुद्धिमान् बन्ने छु,” तर यो मैले सक्नेभन्दा परको कुरो थियो ।
24बुद्धि धेरै टाढा र निकै गहिरो छ । कसले यसलाई पाउन सक्छ र ?
25बुद्धि र वास्तविकताको विषयमा सिक्न, जाँच गर्न र खोज्न अनि खराबी बेवकुफ हो र मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ ।
26पासो र जालहरूले भरिएकी कुनै पनि स्त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ । परमेश्वरलाई खुसी पार्ने जो कोही त्यस स्त्रीबाट भाग्ने छ, तर पापीलाई भने त्यसले लिएर जान्छे ।
27“मैले जे पत्ता लगाएको छु, त्यसलाई विचार गर्,” उपदेशक भन्छन् । “वास्तविकताको व्याख्या पत्ता लगाउन मैले एकपछि अर्को खोज थप्दै आएको छु ।