Text copied!
CopyCompare
पवित्र बाइबल - उपदेशक - उपदेशक 2

उपदेशक 2:2-9

Help us?
Click on verse(s) to share them!
2मैले हाँसोको विषयमा भनेँ, “यो सन्काहा हो,” र सुख-विलासको विषयमा भनेँ, “यसको के फाइदा छ ?”
3दाखमद्यले मेरा इच्छाहरूलाई कसरी तृप्‍त पार्ने भनी मैले मेरो मनमा अन्वेषण गरेँ । मैले अझै मूर्खतालाई पक्रिरहेको भए तापनि मैले मेरो मनलाई बुद्धिद्वारा डोर्‍याइन दिएँ । मानिसहरूको जीवन अवधिमा स्वर्गमूनि तिनीहरूको लागि के फाइदा छ भनेर म पत्ता लगाउन चाहन्थेँ ।
4मैले ठुला-ठुला कुराहरू सम्पन्‍न गरेँ । मैले आफ्नो लागि घरहरू बनाएँ र दाखबारीहरू लगाएँ ।
5मैले आफ्नो लागि बगैँचाहरू उद्यानहरू बनाएँ । मैले तिनमा हर किसिमका फलफुल लगाएँ ।
6जङ्गलमा सिँचाइ गर्न मैले पानीका तलाउहरू बनाएँ अनि रुखहरू लहलह बढे ।
7मैले कमारा-कमारीहरू किनेँ । मेरो दरबारमा जन्मेका कमराहरू पनि थिए । यरूशलेममा मभन्दा अगि शासन गरेका कुनै पनि राजाको भन्दा मेरो भेडा-बाख्राका बगाल र गाईवस्तुका बथान बढी थिए ।
8मैले आफ्नो लागि चाँदी र सुन, राजाहरू र प्रान्तहरूका खजानाहरू थुपारेँ । मैले आफ्नो लागि गायक-गायिकाहरू अर्थात् मानव-जातिको मनोरञ्‍जन र धेरै उपपत्‍नीहरू राखेँ ।
9यसरी यरूशलेममा मभन्दा अगि भएका सबैभन्दा म धेरै महान् र धेरै धनी भएँ, अनि बुद्धि मसितै थियो ।

Read उपदेशक 2उपदेशक 2
Compare उपदेशक 2:2-9उपदेशक 2:2-9