Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 5

हितोपदेश 5:4-12

Help us?
Click on verse(s) to share them!
4तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
5त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् ।
6त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।
7अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।
8तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
9यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ ।
10परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।
11तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
12तिमीहरूले भन्‍ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो!

Read हितोपदेश 5हितोपदेश 5
Compare हितोपदेश 5:4-12हितोपदेश 5:4-12