14दुष्टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा ।
15त्यसलाई त्यागिदे; त्यसमा नहिँड् । त्यसबाट फर्केर अर्को बाटो लाग् ।
16किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।
17किनकि तिनीहरूले दुष्टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् ।
18तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ ।