2धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् ।
3बुद्धिलाई प्रेम गर्नेले आफ्नो बुबालाई प्रसन्न तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति नष्ट पार्छ ।
4राजाले न्यायद्वारा देश सुदृढ बनाउँछ, तर घुस लिनले देशलाई तहसनहस पार्छ ।
5आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।
6खराब मानिसको पापमा पासो हुन्छ, तर धर्मात्माले गाएर आनन्द मनाउँछ ।
7धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्टले यस्तो ज्ञान बुझ्दैन ।
8खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्हरूले क्रोधलाई पाखा लगाउँछ ।
9बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।
10रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ ।
11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।
12शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्ट हुने छन् ।
13गरिब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्टि दिनुहुन्छ ।
14राजाले सत्यताद्वारा गरिबको न्याय गर्यो भने तिनको सिंहासन सदाको लागि स्थिर रहने छ ।
15लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।
16दुष्ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्ट मानिसहरूको पतन देख्ने छन् ।