10रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ ।
11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।
12शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्ट हुने छन् ।
13गरिब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्टि दिनुहुन्छ ।
14राजाले सत्यताद्वारा गरिबको न्याय गर्यो भने तिनको सिंहासन सदाको लागि स्थिर रहने छ ।
15लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।
16दुष्ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्ट मानिसहरूको पतन देख्ने छन् ।
17आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।
18जहाँ अगमवाणीय दर्शन हुँदैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर व्यवस्था पालन गर्नेचाहिँ धन्यको हो ।
19कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्यसले बुझे तापनि त्यहाँ कुनै प्रतिक्रिया हुँदैन ।
20के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस् ? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
21जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्यसले अन्त्यमा कष्ट भोग्ने छ ।
22रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ ।