2कुनै विषय गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।
3जसरी आकाशहरू उचाइका लागि हुन्, र पृथ्वी गहिराइको लागि हो, त्यसै गरी राजाहरूको हृदय खोजी गर्न नसकिने खालको हुन्छ ।
4चाँदीबाट कसर निकालिदे, र धातुको काम गर्नेले त्यसलाई चाँदीलाई आफ्नो शिल्पकृतिमा प्रयोग गर्न सक्छ ।
5त्यसै गरी, राजाको उपस्थितिबाट दुष्ट मानिसहरूलाई हटाइदे, र तिनको सिंहासन ठिक काम गरेर स्थापित हुने छ ।
6राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।
7उच्च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्नु उत्तम हुन्छ ।
8तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस् ?
9तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्त कुरोलाई प्रकट नगर् ।
10नत्रता सुन्ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन ।
11ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् ।
12सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
13कटनीको समयमा हिउँको शीतलझैँ विश्वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ । त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ ।