2तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्कु राख् ।
3तिनको स्वादिष्ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो ।
4धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।
5के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस् ? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।