Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 20

हितोपदेश 20:20-26

Help us?
Click on verse(s) to share them!
20कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ ।
21सुरुमा झट्टै प्राप्‍त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।
22यसो नभन्, “म यस खराबीको बदला लिने छु ।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुने छ ।
23परमप्रभुले असमान ढकहरूलाई घृणा गर्नुहुन्छ, र बेइमान तराजुहरू ठिक होइनन् ।
24मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त ?
25“यो कुरो पवित्र छ,” भनी हतारमा भन्‍ने र भाकल गरिसकेपछि मात्र त्यसको बारेमा सोच्नु मानिसको लागि पासो हुन्छ ।
26बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्, र तिनले अन्‍न चुट्ने चक्‍काले तिनीहरूलाई प्रहार गर्छन् ।

Read हितोपदेश 20हितोपदेश 20
Compare हितोपदेश 20:20-26हितोपदेश 20:20-26