18घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।
19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
20धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्टहरूको हृदयमा थोरै मूल्य हुन्छ ।
21धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।
22परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्ट थप्नुहुन्न ।
23दुष्टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।
24दुष्ट व्यक्तिको डरले त्यसलाई उछिन्ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ ।