Text copied!
CopyCompare
पवित्र बाइबल - श्रेष्‍ठगीत - श्रेष्‍ठगीत 3

श्रेष्‍ठगीत 3:2-8

Help us?
Click on verse(s) to share them!
2मैले आफैलाई भनेँ, “म उठ्ने छु, र सहरबाट जाने छु, गल्ली र चोकहरूबाट जाने छु । मेरो प्राणले प्रेम गरेको प्रेमीलाई म खोज्ने छु ।” मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।
3पहरेदारहरू सहरमा घुम्दै गर्दा तिनीहरूले मलाई भेट्टाए । मैले तिनीहरूलाई सोधेँ, “मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई के तपाईंहरूले देख्‍नुभएको छ ?”
4तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ । मैले उहाँलाई समातेँ, र मेरी आमाको घरमा, मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः
5हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः
6व्यापारीहरूद्वारा बेचिएका सबै मसलाबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर धूवाँको मुस्लोझैँ उजाड-स्थानबाट माथि आउँदै गरेको के हो ?
7हेर, यो त सोलोमनको पलङ्ग पो रहेछ । इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन् ।
8तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, र युद्धमा अनुभवी छन् । रातको त्रासको विरुद्धमा लड्न हरेकले तरवार भिरेको छ ।

Read श्रेष्‍ठगीत 3श्रेष्‍ठगीत 3
Compare श्रेष्‍ठगीत 3:2-8श्रेष्‍ठगीत 3:2-8