33यदि यो मानिस परमेश्वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्नुहुन्नथ्यो ।”
34तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस् ?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
35तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्नुभयो, “के तिमी मानिसका पुत्रमा विश्वास गर्छौ ?”
36त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्वास गर्न सकौँ ?”
37येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”
38त्यो मानिसले भन्यो, “प्रभु, म विश्वास गर्छु” तब त्यसले उहाँको आराधना गर्यो ।
39येशूले भन्नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्दैनन् तिनीहरूले देखून् र जसले देख्छन्, तिनीहरू अन्धो होऊन् ।”
40उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त ?”