29“आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्ट हुन सक्छ, हुन सक्दैन त ?”
30तिनीहरू सहरबाट उहाँकहाँ आए ।
31त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, “रब्बी, खानुहोस् ।”
32तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”
33त्यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्याएको छैन, ल्याएको छ र ?”
34येशूले तिनीहरूलाई भन्नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।
35अझ पनि चार महिना छ र त्यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्दैनौ ? म तिमीहरूलाई भन्दै छु, हेर र खेतलाई देख, किनकि तिनीहरू कटनीको निम्ति अगि नै पाकिसकेका छन् ।
36जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
37किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्ने यो भनाइ यसैमा साँचो छ ।