Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 3

प्रेरित 3:4-24

Help us?
Click on verse(s) to share them!
4पत्रुस र यूहन्‍नाले तिनीतर्फ नजर अडाएर भने, “हामीलाई हेर ।”
5ती मानिसले उनीहरूबाट केही चिज प्राप्‍त गर्ने आशा राखेर उनीहरूलाई हेरे ।
6तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड ।”
7पत्रुसले तिनको दाहिने हात समाए र तिनलाई उठाए र तुरुन्तै तिनको गोडा र गोलिगाँठोको हड्डीमा बल प्राप्‍त भयो ।
8ती मानिस उफ्रँदै उठे र हिँड्नलाई सुरु गरे, अनि पत्रुस र यूहन्‍नासँगै हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गरे ।
9सबै मानिसहरूले तिनलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे ।
10तिनीहरूले देखे कि तिनी त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्‍नलाई बस्दै आइरहेका थिए र तिनमा भएका कुराले तिनीहरू आश्‍चर्य र विस्मयले भरिएका थिए ।
11तिनले पत्रुस र यूहन्‍नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे ।
12जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्‍चर्यचकित हुनुभएको छ ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ ?
13अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्‍वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो ।
14तपाईंले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो ।
15तपाईंहरूले जीवनका राजकुमारको हत्या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौँ ।
16अब उहाँको नाउँमाथिको विश्‍वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्‍नु र जान्‍नुहुन्छ । येशूप्रति यिनको विश्‍वासले यिनलाई तपाईंहरू सबैको सामुन्‍ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।
17अब भाइहरू हो, तपाईंहरूले तपाईंका शासकहरूलेझैँ अज्ञानतामा कार्य गर्नुभएको कुरा म जान्दछु ।
18तर उहाँका ख्रीष्‍टले दु∶ख भोग्‍नुपर्छ भनी ती सबै अगमवक्‍ताहरूका मुखबाट परमेश्‍वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ ।
19त्यसकारण, पश्‍चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।
20र उहाँले नियुक्त भइसक्‍नुभएका ख्रीष्‍ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्‍नुहुनेछ ।
21सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो ।
22वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्छ ।
23ती अगमवक्‍ताले भनेको नसुन्‍ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’
24हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्‍ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे ।

Read प्रेरित 3प्रेरित 3
Compare प्रेरित 3:4-24प्रेरित 3:4-24