2अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ ।
3तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्नै पाएको हुँदैन ।
4तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ । यो पनि बाफ नै हो र बतासलाई खेद्ने कोसिस मात्र हो ।
5मूर्खले आफ्ना हात बाँधेर बस्छ, र कुनै काम गर्दैन । त्यसैले त्यसको भोजन त्यसको आफ्नै शरीर हुन्छ ।
6बतासलाई खेद्ने कोसिसबाट प्राप्त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्त एक मुट्ठी लाभ उत्तम हुन्छ ।
7त्यसपछि मैले सूर्यमूनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ ।
8एउटा एक्लै बस्ने किसिमको मानिस छ । त्यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्ट हुँदैनन् । त्यो छक्क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु ? मैले किन सुख-विलासलाई त्याग्दै छु ?” यो पनि बाफ र खराब अवस्था हो ।