6सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्ने छु ।
7किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्टता मेरो ओठको लागि घृणित कुरो हो ।
8मेरो मुखका सबै वचन न्यायपूर्ण छन् । तिनमा कुनै पनि बाङ्गोटिङ्गो छैन वा तिनले गलत मार्गमा लैजाँदैनन् ।
9बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।
10चाँदीभन्दा मेरो निर्देशनलाई प्राप्त गर । निखुर सुनभन्दा मेरो ज्ञानलाई प्राप्त गर ।
11किनकि बुद्धि रत्नहरूभन्दा बहुमूल्य हुन्छ । कुनै पनि खजाना यसको समान छैन ।
12म बुद्धि सावधानीसित बस्छु, र म ज्ञान र विवेक अधिकार गर्छु ।
13परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।
14मसित असल सरसल्लाह र पक्का बुद्धि छ । म अन्तर्दृष्टि हुँ । मसित सामर्थ्य छ ।
15मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन् ।
16मद्वारा नै राजकुमारहरू र कुलीनहरूले शासन गर्छन्, अनि सबैले न्यायसित शासन चलाउँछन् ।
17मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन् ।
18मसित रुपियाँ-पैसा र इज्जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।
19मेरो फल सुनभन्दा अर्थात् निखुर सुनभन्दा श्रेष्ठ छ । मेरो उत्पादन निखुर चाँदीभन्दा श्रेष्ठ छ ।
20म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बिचमा हिँड्छु ।