14“आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पुरा गरेँ ।
15त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु ।
16मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्ना ओछ्याएकी छु ।
17मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु ।
18आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ ।
19किनकि मेरा पति घरमा हुनुहुन्न । उहाँ लामो यात्रामा जानुभएको छ ।
20उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ ।”