14उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् ।
15उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन् ।
16उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् ।
17उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।
18उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन् । रातैभरि उनको बत्ती निभ्दैन ।
19उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् ।
20उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् ।