7उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्का बुद्धि साँचेर राख्नुभएको छ । निष्ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
8उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ ।
9तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस् ।
10किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ ।
11विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ ।
12तिनीहरूले तँलाई दुष्ट चालबाट र छली कुराहरू गर्नेबाट जोगाउने छन् ।