10किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ ।
11विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ ।
12तिनीहरूले तँलाई दुष्ट चालबाट र छली कुराहरू गर्नेबाट जोगाउने छन् ।
13त्यस्ताहरूले ठिक मार्गलाई त्याग्छन्, र अन्धकारका मार्गमा हिँड्छन् ।
14तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्टका बदमासीहरूमा आनन्द मनाउँछन् ।
15तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन् ।
16बुद्धि र विवेकले तँलाई व्यभिचारी स्त्री, र अनैतिक स्त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ ।
17त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्वरको करारलाई भुल्छे ।
18किनकि त्यसको घरले मृत्युमा डोर्याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्याउने छन् ।
19त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् ।