6मूर्खको हातमा सन्देश पठाउने मानिसले आफ्नै खुट्टामा बन्चरो हानेर हिंसा पिउँछ ।
7पक्षाघातीका झुण्डिएका खुट्टाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ ।
8मूर्खलाई आदन दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्नुजस्तै हो ।
9मतवालाको हातमा काँढा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो ।
10मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्याउनुजस्तै हो ।
11जसरी कुकुर आफ्नै बान्तामा फर्केर आउँछ, त्यसै गरी मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ ।
12के तैँले आफ्नै दृष्टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस् ? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
13अल्छे मानिसले भन्छ, “सडकमा सिंह छ । खुला ठाउँहरूका बिचमा सिंह छ ।”
14ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ ।
15अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्याउन पनि त्योसित शक्ति हुँदैन ।
16सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ ।
17कुकुरको कान समात्ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो ।
18त्यो घातक काँड हान्ने बौलाहा मानिसजस्तो हो,
19जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र ?”
20दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ ।
21जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो ।