15धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।
16किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् ।
17तेरो शत्रुको पतन हुँदा उत्सव नमना, र त्यसले ठक्कर खाँदा तेरो हृदयलाई प्रसन्न हुन नदे ।
18नत्रता परमप्रभुले देख्नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।
19खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्ट मानिसहरूको ईर्ष्या नगर् ।
20किनभने दुष्ट मानिसको कुनै भविष्य छैन, र दुष्ट मानिसको बत्ती निभाइने छ ।
21हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्नेहरूको सङ्गत नगर् ।
22किनभने उहाँहरूको विपत्ति अकस्मात आइपर्ने छ, र उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छ र ?
23यी पनि बुद्धिमान्का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन ।
24दुष्ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ ।