32अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ ।
33तेरा आँखाहरूले अनौठा कुराहरू देख्ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् ।
34तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्नेझैँ हुने छ ।
35तैँले भन्ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु ? म अर्को चुस्की खोज्ने छु ।”