11शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ ।
12परमप्रभुको दृष्टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ ।
13अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।”
14व्यभिचारी स्त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।