22आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्डीहरूलाई सुकाउँछ ।
23न्यायको मार्गलाई बङ्ग्याउन दुष्ट मानिसले गुप्त घुसलाई स्वीकार गर्छ ।
24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।
25मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो ।
26धर्मात्मालाई दण्ड दिनु कहिल्यै असल हुँदैन, न त निष्ठा भएका कुलीन मानिसहरूलाई कोर्रा लगाउनु असल हुन्छ ।
27ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।