Text copied!
CopyCompare
पवित्र बाइबल - हितोपदेश - हितोपदेश 17

हितोपदेश 17:1-22

Help us?
Click on verse(s) to share them!
1कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो ।
2बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ ।
3चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, तर परमप्रभुले नै हृदय जाँच गर्नुहुन्छ ।
4खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।
5गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्‍टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन ।
6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।
7सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ!
8घुस दिनेको लागि यो टुनाजस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ ।
9चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्‍याउनेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ ।
10मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।
11दुष्‍ट व्यक्तिले केवल विद्रोहको खोजी गर्दछ । त्यसैले त्यसको विरुद्धमा क्रुर दूत पठाइन्छ ।
12मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्‍चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ ।
13जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।
14द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल ।
15दुष्‍ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् ।
16बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन ?
17मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्‍टको समयको लागि जन्मेका हुन्छन् ।
18बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।
19द्वन्द्वलाई प्रेम गर्नेले पापलाई प्रेम गर्छ । आफ्नो ढोकाको सङ्घार अति अग्लो बनाउनेले हड्‍डी भँचाउने छ ।
20कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।
21जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।
22आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ ।

Read हितोपदेश 17हितोपदेश 17
Compare हितोपदेश 17:1-22हितोपदेश 17:1-22