16सुनभन्दा बुद्धि प्राप्त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्त गर्नु उत्तम हुन्छ ।
17धर्मी मानिसहरूको लोकमार्ग खराबीबाट अलग रहन्छ । आफ्नो जीवनको रक्षा गर्नेले आफ्नो मार्गको रखवाली गर्छ ।
18विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ ।
19घमण्डी मानिसहरूलाई लुटको माल बाँड्नुभन्दा बरु गरिब मानिसहरूका बिचमा विनम्र हुनु उत्तम हुन्छ ।
20सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् ।
21हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।
22समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।
23बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्टि प्रदान गर्छ, र उसको ओठमा विश्वसनीयता थप्छ ।