12कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ ।
13हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ ।
14विश्वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ ।
15बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ ।
16बुद्धिमान् मानिस डराएर दुष्टताबाट टाढै बस्छ, तर मूर्खले निश्चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।
17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।
18बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।
19खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्ने छन् ।
20आफ्नै मित्रहरूबाट समेत गरिब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् ।