9ईश्वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
10धर्मी मानिसहरूले उन्नति गर्दा सहर नै रमाउँछ, तर दुष्टहरू नष्ट हुँदा रमाहट हुन्छ ।
11परमेश्वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।
12आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
13चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
14बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
15परदेशीको लागि ऋणको जमानी बस्नेले निश्चय नै हानि भोग्ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।
16अनुग्रही स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
17दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्याउँछ ।
18दुष्ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
19ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।
20कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।
21यो कुरो निश्चित छ, कि दुष्ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।
22विवेकहीन सुन्दरी स्त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
23धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्याउँछ, तर दुष्ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।