13चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
14बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
15परदेशीको लागि ऋणको जमानी बस्नेले निश्चय नै हानि भोग्ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।
16अनुग्रही स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
17दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्याउँछ ।
18दुष्ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
19ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।
20कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।
21यो कुरो निश्चित छ, कि दुष्ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।
22विवेकहीन सुन्दरी स्त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
23धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्याउँछ, तर दुष्ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
24जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
25उदार व्यक्तिको उन्नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।
26अन्न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।
27परिश्रमसाथ भलाइको खोजी गर्नेले स्नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।
28आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
29आफ्नै घरानामाथि सङ्कष्ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्को नोकर हुने छ ।
30धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।