Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 9

लुका 9:26-40

Help us?
Click on verse(s) to share them!
26जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन् ।
27तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन् ।
28लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्‍नुभएको थियो ।
29जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो ।
30हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए ! तिनीहरू मोशा र एलिया थिए,
31जो महिमित देखिए । तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो ।
32अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।
33तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन् ।
34जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए ।
35बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।”
36जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।
37तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।
38हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो ।
39हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।
40मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।”

Read लुका 9लुका 9
Compare लुका 9:26-40लुका 9:26-40