49त्यसैकारणले गर्दा, परमेश्वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् ।
50तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ ।
51म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।
52यहूदी व्यवस्थाका शिक्षकहरू तिमीहरूलाई धिक्कार छ, किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ । तिमीहरू आफैँ यो परिस्थिति भएर गएनौ र तिमीहरू तिनीहरूबाट लुक्यौ ।
53येशू त्यहाँबाट गइसक्नुभएपछि, शास्त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे ।