6यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्टका हुन बोलाइएका छौ ।
7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
8पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ ।
9किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु ।