10उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए ।
11तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।
12त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो ।
13तिनीहरू आइपुगेपछि तिनीहरू बसिरहेका माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र यकूबका छोरा यहूदा थिए ।
14तिनीहरू एकै मनको भएर प्रार्थनामा यत्नपूर्वक लागिरहे । त्यहाँ येशूकी आमा मरियम लगायत अन्य महिलाहरू र उहाँका भाइहरू पनि थिए ।