Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित - प्रेरित 19

प्रेरित 19:25-36

Help us?
Click on verse(s) to share them!
25त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ ।
26तर तपाईंहरूले देख्दै र सुन्दै हुनुहुन्छ कि एफिससमा मात्र नभएर एसियामा भएका सबै ठाउँहरूमा पावलले कसरी धेरै मानिसहरूलाई यी कुराहरूबाट फर्काएको छ । उसले हातले बनाएका कुराहरूलाई ईश्‍वरहरू होइनन् भनिरहेछ ।
27त्यसले गर्दा हाम्रो व्यापारमा नोक्सानी हुने मात्र होइन तर हाम्री महान् देवी डायनाको मन्दिर र तिनीप्रति मानिसहरूको आस्था पनि अब एसिया र संसारबाटै हराउनेछ ।”
28यो कुरा सुनेपछि, तिनीहरू रिसाएर यसो भन्दै चिच्याए, “एफिसीहरूकी देवी डायना महान् छिन् !”
29यसरी सहरका सबै मानिसहरू अलमलमा परे । अनि पावलसँग माकेडोनियाबाट यात्रा गरी आएका गायस र अरिस्तार्खसलाई लिएर तिनीहरू सबै रङ्गशालाभित्र दौडे ।
30पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके ।
31साथै कतिपय स्थानीय अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले उनलाई त्यस भिडमा नआउन अनुरोध गर्दै खबर पठाए ।
32केही मानिसहरू एउटा कुरा भन्दै थिए भने अरूले चाहिँ अर्कै कुरा गर्थे, कारण भिडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।
33यहूदीहरूले एलेक्जेन्डरलाई भिडको पंक्तिमा ल्याए र तिनले आफ्ना हातद्वारा इशारा गरेर भिडलाई केही कुरा बुझाउन बोल्न लागे ।
34तर जब तिनीहरूले अलेक्जेन्डर पनि यहूदी हुन् भन्‍ने थाहा पाए, तब तिनीहरू सबैले एउटै स्वरमा दुई घण्टासम्म “एफिसीहरूकी देवी डायना महान् छिन् !” भन्दै चिच्याए ।
35तब नगर-सचिवले भिडलाई शान्त गराएर भने, “एफिससका मानिसहरू हो ! एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र ?
36यसरी यी कुराहरूलाई इन्कार गर्न सकिँदैन, यसकारण तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन ।

Read प्रेरित 19प्रेरित 19
Compare प्रेरित 19:25-36प्रेरित 19:25-36